नेप्से सूचक ८ अंकले घट्यो


काठमाडाैं- सोमबार शेयरबजार परिसूचक नेप्सेमा ८ अंकमाथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ८.१६ अंकले घट्दै २ हजार ६६२.९१ अंकमा झरेको हो ।

उसो त आज कारोबार समेत घटेर ७ अर्ब ९४ करोड २७ लाख रूपैयाँ बराबरको १ करोड ९६ लाख १६ हजार कित्ता शेयर दोस्रो बजारमा कारोबार भएको नेप्सेले जनाएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार शेयरबजार परिसूचक नेप्से झण्डै ९ अंकले बढ्दा ११ अर्ब १० करोड २५ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

आज फाइनान्स, होटल तथा पर्यटन र म्यानु एण्ड प्रो समूहको उपसूचक बाहेक अरु १० वटा उपसूचक ऋणात्मक भएका छन् । ८६ कम्पनीको शेयर मूल्य बढ्दा आज १६३ कम्पनीको मूल्य घटेको छ ।

आज बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी, रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको शेयर मूल्यमा सर्किट लागेको छ । रिलायन्स स्पिनिङ मिल्सको शेयर दोस्रो बजारमा कारोबार खुलेको पहिलो दिन कारोबार भएको हो ।

कम्पनीले ओपनिङ रेन्ज प्रतिकित्ता न्यूनतम १०० रूपैयाँदेखि अधिकतम् ३०० रूपैयाँ पाएको थियो । माथिल्लो रेन्जबाट कारोबार खुलेको कम्पनीको शेयर पहिलो दिन १० प्रतिशतले बढ्दै ३३० रूपैयाँ पुगेको छ ।

प्रतिक्रिया