
आचारसंहिता उल्लंघन गरेकाे आरोपमा सेतोपाटीलाई कारबाही गर्न सिफारिस
काठमाडौं- निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै सेतोपाटी डटकमविरुद्ध कारबाहीको सिफारिस गरेको छ।
आयोगले सोमबार सेतोपाटीलाई कारबाही गर्न प्रेस काउन्सिल नेपालमा औपचारिक सिफारिस पठाएको हो।
सेतोपाटीले आइतबार ‘चितवन–३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचनः रेणु दाहाल दोस्रो’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो। आयोगका अनुसार उक्त सामग्री निर्वाचन आचारसंहिताविपरीत रहेको निष्कर्ष निकालिएको छ।




कागजपत्र |
