नेपालले वेस्ट इन्डिजविरूद्ध पहिले ब्याटिङ गर्ने


काठमाडौं – आईसीसी टी-२० विश्वकपमा समूह चरणअन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरूद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा केहीबेरमा सुरु हुने खेलमा वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेको हो ।

समूह चरणका सुरुवाती दुई खेलमा पराजित भएको नेपालका लागि बाँकी खेलहरू अत्यन्तै महत्वपूर्ण बनेका छन् ।

प्रतियोगितामा टिकिरहन नेपाललाई जित्नैपर्ने दबाब छ ।

प्रतिक्रिया