
त्रिभुवन विमानस्थल बाहिर राजावादीको प्रदर्शन
काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाहिर राजावादी समूहले प्रदर्शन गरेका छन्। पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतका लागि भेला भएका उनीहरूले विमानस्थल क्षेत्रबाहिर नाराबाजीसहित प्रदर्शन गरेका हुन्।
पूर्व राजा शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँतर्फ प्रस्थान गरिसकेको जनाइएको छ। उनी केही समयपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ।
राजावादीहरूको बाक्लो उपस्थिति र सम्भावित उच्छृङ्खल गतिविधिको आकलन गर्दै प्रहरीले विमानस्थल आसपासको क्षेत्रमा उच्च सुरक्षा व्यवस्था कडा बनाएको छ। प्रदर्शन शान्तिपूर्ण रूपमा नियन्त्रणमा राख्न प्रहरी परिचालन बढाइएको जनाइएको छ।



कागजपत्र |
