
इटालीविरुद्ध नेपालको खराब ब्याटिङ, १२४ रनको मध्यम लक्ष्य
काठमाडाैं- आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’को खेलमा नेपाल इटालीको कसिलो बलिङसामु अलआउट भएकाे छ ।
मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियममा जारी टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १२३ रन मात्र जोड्न सक्याे ।
आज नेपालको सुरुवात राम्रो हुन सकेन। ओपनर कुशल भुर्तेल मात्र ५ रनमा आउट भए। मध्यक्रममा कप्तान रोहित पौडेलले २३ रन (१४ बल) र आसिफ शेखले २० रन (२० बल) बनाएर टिमलाई सम्हाल्ने प्रयास गरे पनि ठूलो साझेदारी बन्न सकेन।
नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रनको योगदान दिए।



कागजपत्र |
