
आजको मौसमः बागमतीसहित चार प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौं – हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई भूभागमा तुवाँलो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको छ।
दिउँसो तराई भूभागका केही स्थानमा मध्याह्नसम्म हुस्सु तथा कुहिरो रहनेछ। देशको उच्च पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। तराईमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ ।
आज राति तराईका थोरै स्थानमा तुवाँलो रहनेछ। देशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागको मौसम मुख्यतया सफा रहने छ।
यस्तै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।



कागजपत्र |
