
नेप्से परिसूचक दोहोरो अंकले घट्यो
काठमाडौं- साताको दोस्रो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ।
सो दिन नेप्से परिसूचक २६.०५ अंकले घटेर २६७२.३९ विन्दुमा पुगेको छ। अघिल्लो दिन आइतबार परिसूचक १०.२५ अंकले घटेको थियो। आइतबार ११ अर्ब ६५ करोड रुपैयाँ मूल्य बराबरको सेयर कारोबार भएकोमा सोमबार कारोबार रकममा केही कमी आएको देखिएको छ।
सो दिन ३२४ स्क्रिप्समा कुल २ करोड ६७ लाख ६६ हजार ३४७ कित्ता सेयर, १० अर्ब ७७ करोड ३९ लाख १५ हजार २८९ रुपैयाँ मूल्यमा खरिदबिक्री भएका थिए।
आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा पुगेको थिएन। तथापि, कालिञ्चोक हाइड्रोपावरको सेयर ९.९७%, राधी पावरको ९.११%, लिवर्टी इनर्जीको ७.८४%, नेसनल हाइड्रोपावरको ५.९०% र त्रिशूली जल विद्युत कम्पनीको ४.९९% ले बढेको देखियो।
कारोबार रकमको आधारमा रिडी पावर शीर्षस्थमा रह्यो, जसले ७७ करोड रुपैयाँ बराबरको सेयर कारोबार गर्यो। त्यसपछि एसवाइ प्यानल नेपालले ५४ करोड, आँखु खोला जलविद्युत ४८ करोड, लिवर्टी इनर्जी ३७ करोड र नगदी ग्रुप पावर ३३ करोड बराबरको कारोबार गरे।
कारोबारमा समावेश ४२ वटा स्टक्सको मूल्य बढ्दा २१२ वटाको घट्यो। ६ स्टक्सको मूल्य भने स्थिर रह्यो। ट्रेडिङ समूहको उपसूचक बाहेक बाँकी १२ वटै समूहको उपसूचक नकारात्मक देखियो।
फाइनान्स समूहको उपसूचक २% ले घट्दा, डेभलपमेन्ट बैंक, होटल्स एण्ड टुरिजम, लाइफ इन्स्योरेन्स, मनु एण्ड प्रो, नन–लाइफ इन्स्योरेन्स र अन्य समूहको उपसूचक १% भन्दा बढीले घटेको छ।



कागजपत्र |
