
नेपाललाई जितका लागि १८५ रनको लक्ष्य
काठमाडौं – नेपालले विश्वकपमा इंग्ल्याण्डविरुद्ध जितका लाग १८५ रनको लक्ष्य पाएको छ ।
टस हारेर पहिले फिल्डिङ गरेको नेपालले इंग्ल्याण्डलाई निर्धारित २० ओभरमा ७ विकेट लिँदै १८४ रनमा रोकेको थियो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले २/२ विकेट लिएका थिए । त्यस्तै नेपालका लागि सन्दीप लामिछाने र शेर मल्लले १/१ विकेट लिएका थिए । एक विकेट भने रनआउट भएका थिए ।
इंग्ल्याण्डका लागि ज्याकोब बेथेलले ५५ रनको पारी खेलेका थिए । त्यस्तै कप्तान ह्यारी ब्रुकले ५३ रन बनाएका थिए ।



कागजपत्र |
