

माओवादी केन्द्रद्वारा प्रदेश-२ का चार सांसद बर्खास्त

काठमाडौं – नेकपा माओवादी केन्द्रले प्रदेश २ का चार सांसदलाई बर्खास्त गरेको छ । माओवादी केन्द्र छोडेर एमालेमा लागेका भन्दै माओवादी केन्द्रले चार जना सांसदलाई बर्खास्त गरेको छ ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिले रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरलाई बर्खास्त गरेको हो । मण्डल यस अघि माओवादीका संसदीय दलका नेता थिए । चारजना सांसदलाई बर्खास्त गरेको पत्र नेकपा माओवादी केन्द्रले प्रदेश सभालाई बुझाएको छ ।
उनीहरूलाई केही दिन अघि स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरण नदिएपछि बर्खास्त गरेको पार्टी स्रोतले जानकारी दिएको छ ।
प्रदेश २ मा माओवादी केन्द्रका ११ सांसद रहेकामा अव ७ जना मात्रै छन् ।

