चितवनमा दुर्गा प्रसाईंको कार्यक्रममा प्रहरी हस्तक्षेप, ३ कार्यकर्ता पक्राउ


चितवन-  स्थानीय प्रशासनले तोकेको स्थानभन्दा बाहिर कार्यक्रम सञ्चालन गरेको आरोपमा दुर्गा प्रसाईं र उनका समर्थकहरूले सोमबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ।

भरतपुरको चौबिसकोठी चोकमा कार्यक्रम सुरु भएपछि प्रहरीले तत्काल हटाउन खोज्दा प्रसाईं पक्षसँग झडप र धकेलाधकेल भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

‘प्रशासनले स्वीकृति दिएको ठाउँभन्दा बाहिर कार्यक्रम गरेपछि हटाउन खोजेका थियौँ,’ खनालले भने, ‘त्यसक्रममा ३ जना कार्यकर्तालाई नियन्त्रणमा लिएका छौँ।’

प्रशासनले प्रसाईंको समूहलाई केन्द्रीय बस टर्मिनल चोकको कुनामा कार्यक्रम गर्न अनुमति दिएको थियो। तर प्रसाईं पक्षले चौबिसकोठी चोकमा कार्यक्रम गर्न अडान लिएपछि तनाव सिर्जना भएको हो।

 

प्रतिक्रिया