
कम्बोडिया पठाउने बहानामा ४ लाखभन्दा बढी ठगी, एकजना पक्राउ
काठमाडौं- कम्बोडिया रोजगारीमा पठाइदिने आश्वासन दिएर लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा एक व्यक्तिलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा पर्सा जिल्लाको ठोरी गाउँपालिका–४ निवासी ४१ वर्षीय बविलाल लामा रहेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार लामाले रोजगारीका लागि कम्बोडिया लैजाने भन्दै पीडितबाट चार लाख ३५ हजार रुपैयाँ लिएको र लामो समयसम्म झुक्यानमा राखेर विदेश नपठाई सम्पर्कविहीन बनेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।
कार्कीका अनुसार पीडितको उजुरीपछि अनुसन्धान अघि बढाउँदै कार्यालयको टोलीले लामालाई काठमाडौँ महानगरपालिका–३ क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ परेका लामालाई आजै थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रवक्ता कार्कीले जानकारी दिए ।



कागजपत्र |
