शेयर बजारमा २० अंकको गिरावट, ९ अर्बको कारोबार


काठमाडौं — सेयर जार आज ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक १९.८५ अङ्क ले घटेर २६९४.२० विन्दुमा पुगेको छ ।  दिनभरमा ३२९ कम्पनीका २ करोड २० लाख ६० हजार कित्ता सेयर किनबेच भएका छन् । जसबाट कुल ९ अर्ब १० करोड ९४ लाख ५७ हजार २ सय ७८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये ५० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २०१ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ । बाँकी ९ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

बजार घटे पनि केही कम्पनीका लगानीकर्ताले भने राम्रो नाफा कमाएका छन् । मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ९.७० प्रतिशतले बढेको छ । त्यस्तै, क्रेस्ट माइक्रो लाइफको मूल्य ८.१९ प्रतिशत र एनआईबीएल ग्रोथ फण्डको मूल्य ६.५१ प्रतिशतले वृद्धि भएको छ ।

आज कर्पोरेट डेभलपमेन्ट बैंकको १० प्रतिशत गिरावटसहित नकारात्मक सर्किट लाग्दा रावा इनर्जीको ९.३४ प्रतिशतले मूल्य घटेको छ ।

आज ट्रेडिङ बाहेक सबै समूहमा गिरावट आएको छ । होटल १.७५ प्रतिशत र हाइड्रो १.३६ प्रतिशतले घटेको देखिन्छ ।

कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । यस कम्पनीको ५५ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, एसवाई प्यानलको ५३ करोड ६४ लाख र राधी विद्युत कम्पनीको ३८ करोड ९८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

 

प्रतिक्रिया