
टि–२० विश्वकपमा नेपालको खेलको टिकट बिक्री भारतपछि दोस्रो
काठमाडौं- टि–२० विश्वकप क्रिकेटमा नेपालका खेलहरू दर्शकको विशेष आकर्षण बन्न पुगेका छन् । भारत र श्रीलंकामा आयोजना हुने विश्वकपअन्तर्गत समूह चरणमा नेपालका सबै खेल मुम्बइस्थित वानखेडे स्टेडियममा हुने तय भएको छ ।
आयोजक राष्ट्र भारतका खेलपछि सबैभन्दा धेरै टिकट बिक्री हुने खेलमा नेपालको नाम दोस्रो स्थानमा रहेको छ । नेपालको खेलप्रति दर्शकहरूको उत्साह उल्लेखनीय देखिएको छ ।
मुम्बइ मिरर पत्रिकाले प्रकाशित गरेको एक रिपोर्टअनुसार, नेपालको खेलको टिकट बिक्री भारतका खेलपछि दोस्रो स्थानमा रहेको यस विषयमा जानकार स्रोतले जनाएको छ ।
तालिकाअनुसार नेपालले फेब्रुअरी ८ मा इङल्याण्डसँग, फेब्रुअरी १२ मा इटलीसँग, फेब्रुअरी १५ मा वेष्ट इण्डिजसँग र फेब्रुअरी १८ मा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।



कागजपत्र |
