दरबारमार्गको ब्ल्याक आउट क्लबमा आगलागी


काठमाडौं — राजधानीको दरवारमार्गमा सञ्चालित  ब्ल्याक आउट डान्स क्लवमा आगलागी भएको छ ।

बिहान करिब साढे ९ बजेदेखि सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।

यतिबेला आगलागी नियन्त्रणका लागि काठमाडौँ बारुण यन्त्र कार्यालयका ४ वटा दमकल पुगेको छ ।

क्लबको किचेनबाट आगलागी सुरु भएको जनाइएको छ ।

यतिबेला सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायतले आगलागी नियन्त्रणका लागि प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया