नहरमा मोटरसाइकल खस्दा सुवेदीको मृत्यु


चितवन – भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गएराति मोटरसाइकल खस्दा एकजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका-१६ का ४० वर्षीय विनोद सुवेदी रहेको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका सुवेदीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया