
समानुपातिकतर्फको मतपत्र छपाइ सकियो
भक्तपुर– आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको छ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा सोमबार समानुपातिकतर्फ दुई करोड आठ लाख ५० हजार प्रति मतपत्र छाप्ने काम सकिएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिए।
पौडेलका अनुसार केन्द्रले सोमबारदेखि नै प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य पनि सुरु गरेको छ। यसअघि केन्द्रले १० लाख ९८ हजार २०० प्रति नमुना मतपत्र छपाइ गरी निर्वाचन आयोगलाई पठाइसकेको जनाएको छ।



कागजपत्र |
