
स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल
काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेको छ ।
कप्तान इन्दु बर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी हुन् । नेपालले एक परिवर्तन गरेको छ ।
पेस बलर सुमन विष्टको स्थानमा स्पिनर मनिषा उपाध्याय आएकी छन् ।
नेपालले सुपर सिक्स सम्भावना कायमै राख्न आजको खेल जित्नैपर्ने दबाब छ ।



कागजपत्र |
