राष्ट्रियसभा निर्वाचन: सुदूरपश्चिममा महिलातर्फ एमालेकी लीला भण्डारी विजयी


कैलाली- राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत महिलातर्फ नेकपा एमालेकी उम्मेदवार लीला भण्डारी विजयी भएकी छन्।

मतगणनाको नतिजाअनुसार भण्डारीले ३ हजार ९९४ मतभार प्राप्त गर्दै विजय हासिल गरिन्। उनकी प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी रोजी बस्नेत १ हजार ६७५ मतभारमा सीमित भइन्।

यता, खुल्ला तर्फको मतगणना भने जारी छ। खुल्ला एक सिटका लागि नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेपाली कम्युनिस्ट पार्टीका टीकाराम जैसीबीच प्रतिस्पर्धा भइरहेको छ।

कांग्रेस–एमालेबीचको गठबन्धनका कारण खुल्ला तर्फ पनि गठबन्धन उम्मेदवारको जित सुनिश्चितजस्तै देखिएको छ।

प्रतिक्रिया