कांग्रेसको प्रस्तावमाथि जसपाले थाल्यो छलफल


काठमाडौं – वर्तमान राजनीतीक घटना क्रमलाई लिएर जनता समाजवादी पार्टी (जसपा) मा छलफल थालेको छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्न राखेको प्रस्तावमाथि जनता समाजवादी पार्टी (जसपा) मा छलफल थालेको हो ।

आइतबार जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेताहरु राजेन्द्र महतो, अशोक र राई र राजेन्द्र श्रेष्ठबीच नयाँ सरकार गठनका विषयमा छलफल गरेको हो ।

गत हप्ता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा नेकपा माओवादी केन्द्र र जसपा नेताहरुको बैठक राखेर आफ्नो नेतृत्वमा सरकार निर्माणका लागि सहयोग मागेका थिए । त्यतिबेला स्पष्ट जवाफ नदिएका जसपा नेताहरु नयाँ सरकार गठनकै विषयमा छलफलमा जुटेका एक नेताले जानकारी दिए ।

 

प्रतिक्रिया