
तुसारोमा चिप्लिएर जिप दुर्घटना
रुकुम पूर्व — रुकुम पूर्वको भूमे गाउँपालिकामा आइतबार बिहान बोइलर कुखुरा बोकेको जिप दुर्घटना भएको छ ।
सल्यानबाट रुकुम पूर्वको खाबाङ बगरतर्फ आउँदै गरेको लु३च ७०३६ नम्बरको जिप भूमे(४ स्थित धौदापहिरामा दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय काँक्रीका प्रहरी निरीक्षक हिमराज बिकका अनुसार जिप सडकबाट करिब २० मिटर तल खसेको छ । सडकमा जमेको तुसारोका कारण चिप्लिएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुर्घटना ग्रस्त जिप सडकमा रहेको कारण पन्छाउने कार्य भैरहेको बिकल जानकारी दिए ।



कागजपत्र |
