
प्रचण्डको निर्देशनपछि कालिकोटमा जीवन बुढाले लिए उम्मेदवारी फिर्ता
सुर्खेत- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कालिकोटका नेता जीवन बुढाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। आज भर्चुअल माध्यमबाट सम्पन्न पार्टी बैठकमा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि बुढाले उम्मेदवारी फिर्ता गर्ने निर्णय गरेका हुन्।
मनोनयन दर्ताका दिन बुढाले पार्टीका आधिकारिक उम्मेदवार महेन्द्रबहादुर शाहीविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका थिए। उक्त कदमपछि पार्टीभित्र असन्तोष र छलफल बढेको थियो।
पार्टी नेतृत्वको हस्तक्षेप र संयोजक प्रचण्डको स्पष्ट निर्देशनपछि अन्ततः बुढाले बागी उम्मेदवारी फिर्ता लिँदै पार्टी निर्णय मान्ने सहमति जनाएका छन्। यससँगै कालिकोटमा नेकपाको आधिकारिक उम्मेदवारी महेन्द्रबहादुर शाहीको पक्षमा एकताबद्ध हुने संकेत देखिएको छ।



कागजपत्र |
