

नागार्जुनमा लागेको डढेलो निभाउन हेलिकोप्टरको प्रयोग

काठमाडौं – काठमाडौँको नागार्जुनको जंगलमा लागेको डढेलो निभाउन हेलिकोप्टरको प्रयोग गरिएको छ ।
बिहान करिब ११ बजेबाट सुरु भएको आगलागी नियन्त्रणका लागि सिम्रिक एयरका हेलिकोप्टरको प्रयोग गरिएको हो ।
बुढानीलकण्ठ नगरपालिकाअन्तर्गत पर्ने उक्त क्षेत्रमा लागेको डढेलो नियन्त्रणका लागि स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका साथै दमकलहरु लागे पनि नियन्त्रणमा आउन नसकेपछि हेलिकोप्टरबाट पानी खसालेर आगो नियन्त्रणमा लिने प्रयास गरिएको छ ।

