
प्रयागराजमा वायुसेनाको प्रशिक्षण विमान दुर्घटनाग्रस्त
काठमाडौं- भारतको उत्तर प्रदेशको प्रयागराजमा वायुसेनाको प्रशिक्षण विमान पोखरीमा दुर्घटनाग्रस्त भएको छ।
भारतीय सञ्चार माध्यमका अनुसार विमान पोखरीमा खसेको र केही भाग डुबेको देखिएको छ। दुर्घटनामा विमानका दुई चालक दलका सदस्यहरू सुरक्षित रहेको बताइएको छ।
भारतीय वायु सेनाले दुई चालक दलसहितको विमान प्रशिक्षण मिसनमा रहेको समयमा आपतकालीन अवतरण गर्नुपरेको पुष्टि गरेको छ। दुवै चालक दलका सदस्यहरू पूर्ण रूपमा सुरक्षित छन्। वायु सेनाले यस घटनाबारे कोर्ट अफ इन्क्वायरी आदेश जारी गरेको छ।



कागजपत्र |
