
चुनावका लागि भारतले दियो ६१ वटा गाडी
काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई ६१ वटा सवारी साधन उपहार दिएको छ ।
मंगलबार सिंहदरबारमा आयोजित एक कार्यक्रममा भारतीय दूतावासले ६१ वटा क्याबिन पिकअप भ्यान नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । निर्वाचन प्रयोजनका लागि गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत वस्तुगत सहायताअन्तर्गत भारत सरकारसँग सवारी साधन माग गरेको थियो ।
उक्त प्रस्तावअनुसार भारत सरकारले पहिलो चरणमा ६१ वटा गाडी नेपाल सरकारलाई उपहार स्वरूप उपलब्ध गराएको जनाएको छ । यस निर्वाचनका लागि भारतले साना–ठूला गरी कुल ५३८ वटा सवारी साधन सहयोग गर्ने तयारी गरेको बताइएको छ ।



कागजपत्र |
