गगन सर्लाही- ४ बाट उम्मेदवारी दिने, अरु क्षेत्रबाट को–को ?


काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।  उम्मेदवार चयनका क्रममा सभापति गगन थापाले पार्टीभित्रका विभिन्न समूहलाई समेट्ने प्रयास गरेका छन् । टिकट वितरणमा शेरबहादुर देउवा र शेखर कोइराला पक्षका नेताहरूलाई पनि समावेश गरिएको कांग्रेसले जनाएको छ ।

यसैबीच सभापति गगन थापा स्वयं सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने भएका छन् । उम्मेदवार टुंगिएसँगै कांग्रेसले निर्वाचन अभियानलाई तीव्र बनाउने तयारी गरेको छ ।

प्रतिक्रिया