बालेनले गरे झापा-५ बाट उम्मेदवारी दर्ता


काठमाडौं- प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार दमकस्थित निर्वाचन अधिकृतको कार्यालय समर्थक र बाजागाजासहित पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

शाहको उम्मेदवारीमा भूमिनन्द बराल प्रस्तावक र भेसराज भट्टराई समर्थक रहेका छन् ।  झापा ५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो ।

प्रतिक्रिया