
रमेश लेखकको क्षेत्रमा हरि बोहरालाई टिकट
काठमाडौं- नेपाली कांग्रेसले कञ्चनपुर–३ मा हरि बोहरालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । यसअघि पूर्वगृहमन्त्री रमेश लेखक निरन्तर निर्वाचन लड्दै आएको यही क्षेत्रबाट कांग्रेसले यसपटक कञ्चनपुरका पूर्व पार्टी सभापति बोहरालाई अघि सारेको हो ।
उम्मेदवारीबारे प्रतिक्रिया दिँदै नेता बोहराले आफूले पार्टीको टिकट पाएको पुष्टि गरेका छन् । कञ्चनपुर–३ बाट २०५६, २०७० र २०७९ सालको निर्वाचनमा पूर्वमन्त्री लेखक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै आएका थिए । लेखक पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र नेताका रूपमा चिनिन्छन् ।
तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा कांग्रेसले उम्मेदवार टुंगो लगाइसकेको छ । क्षेत्र नम्बर १ बाट क्षेत्रीय सभापति गोपी उपाध्यायलाई उम्मेदवार बनाइएको छ भने क्षेत्र नम्बर २ बाट पूर्वमन्त्री एनपी साउँदलाई मैदानमा उतारिएको छ ।



कागजपत्र |
