मन्त्री महाविर पुनले गरे आफ्ना सबै पदक मन्त्रालयलाई ‘दान’ !


काठमाडौं — शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालय मन्त्री महाविर पुनले आफूले पाएका सम्पूर्ण पदकहरु मन्त्रालयलाई हस्तान्तरण गरेका छन् ।

मन्त्री पुनले सामाजिक मन्त्रालयमा उक्त पदकहरु हस्तान्तरण गरेको तस्बिर राखेर घोषणा गर्दै लेखेका छन्,

सुचना – – –
मैले पाएको सम्पूर्ण अन्तराष्ट्रिय र राष्ट्रिय पदकहरु नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयलाई सचिवज्यू मफित दान गरियो । यी पदकहरु बेचेर राष्ट्रिय आबिष्कार केन्द्र र बीरगंज कृषि औजार कारखानामा दान गर्ने प्रयास गरेको कुरा सबै लाई थाहा नै होला। तर ४ बर्ष सम्म प्रयास गर्दा पनि कसैले किनेनन् । त्यसैले नेपाल सरकारको सम्पति भयो। ठुलाकोट पोखराको २८ रोपनी जग्गा पनि बेचेर कृषि औजार कारखाना लाई दान गर्न खोज्दैछु । त्यां पनि बिक्री भएको छैन।

प्रतिक्रिया