
सशस्त्र प्रहरीका ६ डिआइजीको सरुवा, काे-कहाँ पुगे ?
काठमाडाैं – सशस्त्र प्रहरी बलका ६ डिआइजीको सरुवा भएको छ।
सरुवाअनुसार बराह बाहिनी सुनसरीमा मनीष थापालाई पठाइएको छ ।
त्यस्तै, सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पुरुषोत्तम थापालाई पठाइएको छ।
बैद्यनाथ बाहिनी कैलालीका डिआइजी प्रदीप पालको प्रधान कार्यालयमा सरुवा भएको छ। त्यहाँ एसएसपी दिग्विजय सुवेदीलाई निमित्त बाहिनीपति हुने गरी सरुवा गरिएको छ।
त्यस्तै, डिआइजी विष्णुप्रसाद भट्टलाई सचिवालयमा जिम्मेवारी दिइएको छ।



कागजपत्र |
