सर्वोच्च जाने देउवा समूहको निर्णय


काठमाडौं –  नेपाली कांग्रेस शेरबहादुर देउवा समूह निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने भएको छ । शनिबार सानेपामा बसेको देउवा समूहको केन्द्रीय कार्यसमितिको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले आफूहरू आइतबार  सर्वोच्च जाने जानकारी दिए ।

आयोगले शुक्रबार कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गरिएको निर्णय अध्यावधिक गरेको थियो । यो निर्णयसँगै सभापति गगन थापा नेतृत्वको कार्यसमिति आधिकारिक भएको छ ।

देउवा समूहले आयोगको उक्त निर्णय दूषित मनसायले प्रेरित रहेको ठहर गरेको छ ।

बैठकका निर्णयबारे जानकारी दिँदै नेता डा. प्रकाशशरण महतले आयोगको निर्णयलाई ‘दुराशयपूर्ण’ र ‘दूषित मनसाय’ बाट प्रेरित रहेको टिप्पणी गरे। उनले भने, ‘अहिले शेरबहादुरजीको सभापतित्वमा पूर्णबहादुरजी कार्यवाहक सभापति हुनुहुन्छ। यो नै आधिकारिक पार्टी हो। निर्वाचन आयोगले निर्णय गर्दैमा हामी आधिकारिक नरहने कुरा हुँदैन।’

प्रतिक्रिया