
पूर्णबहादुर खड्काले बुझाए ८८५ जनाले हस्ताक्षर फिर्ता गरेको प्रमाण, अब के होला ?
काठमाडौं – नेपाली कांग्रेसका कार्यबहाक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका ८८५ जनाले आफ्नो हस्ताक्षर फिर्ता गरेको प्रमाण निर्वाचन आयोगमा बुझाएका छन् ।
शुक्रबार बिहान निर्वाचन आयोगमा पुगेका खड्का नेतृत्वको टोलीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई हस्ताक्षर फिर्ताका निवेदनसहितको प्रमाण बुझाएको हो ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन गरी महामन्त्री थापाकै नेतृत्वमा नयाँ कार्यसमिति बनाएका छन् । त्यो विशेष महाधिवेशन विधानसम्मत नभएको भन्दै देउवा समूह शुक्रबार निर्वाचन आयोग पुगेको थियो ।
विशेष महाधिवेशनको प्रमाण नपुग्ने आधार भन्दै हस्ताक्षर फिर्ताका प्रमाण आयोगमा बुझाएको कार्यवाहक सभापति खड्काले जानकारी दिए ।



कागजपत्र |
