
सुनसरीमा ट्रक पल्टिँदा ५ जनाको मृत्यु, २ जना घाइते
सुनसरी – सुनसरीको भोक्राहनरसिंहस्थित फुलचोकमा बिहीबार बिहान ट्रक पल्टिँदा ५ जनाको मृत्यु भएको छ ।
मार्बल बोकेको को १ ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भई सडमै पल्टिँदा उक्त घटना घटेको हो । विराटनगरबाट मार्बल लोड गरेर हुलाकी राजमार्ग हुँदै सुनसरीतर्फ आउँदै गरेको उक्त दुर्घटनामा २ जना घाइते भएका छन् ।
पाँचै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
ट्रक पल्टिँदा लोड गरिएको मार्बलमाथि बसेका ५ जना कामदारको सोही मार्बलले किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्काले जानकारी दिए ।
मृतकको पहिचान खुल्न सकेको छैन । घाइते २ जनाको विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचारका लागि लगिएको र घटनाको विस्तृत अनुसन्धान भइरहेको उनले बताए ।



कागजपत्र |
