नेप्सेमा झिनो अंकको सुधार


काठमाडाैं- बुधबार शेयरबजार परिसूचक नेप्सेमा झिनो अंकको सुधार भएको छ । १.५२ अंकले बढ्दै नेप्से सूचक आज २ हजार ६४१.४३ अंकमा उक्लिएको हो ।

तथापि, अघिल्लो दिनको तुलनामा कारोबारमा भने आज केही गिरावट आएको छ । अघिल्लो दिन ४.९० अंकले नेप्से बढेको बजारमा ६ अर्ब ९९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । तर, आज ६ अर्ब २० करोड ९४ लाख रुपैयाँबराबरको मात्र कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

बैंकिङ समूह, लाइफ इन्स्योरेन्स, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स समूहको उपसूचक ऋणात्मक भएका छन् भने बाँकी अरु आठवटा उपसूचक आज धनात्मक भएका छन् । १२५ कम्पनीको शेयर मूल्य बढ्दा आज १२४ कम्पनीको मूल्य घटेको छ ।

सबैभन्दा बढी कमाउनेमा सुपर मादी हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९.९४ प्रतिशतले बढेको छ भने आईसीएफसीडी८८ को मूल्य ३.३० प्रतिशतले घट्न पुगेको छ ।

प्रतिक्रिया