गगन–विश्वले धोका दिएको पूर्णबहादुरको ब्रिफिङ


काठमाडौं-  नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन पक्षधरले सहमतिमा ल्याइएको कार्यतालिकामा धोका दिएको बताएका छन्। बुधबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसमिति बैठकमा खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई समेत दोषी ठहर गर्दै महाधिवेशन कार्यतालिकामा सहमतिमा भएका कुरामा भरोसा तोडिएको बताए।

खड्काका अनुसार विशेष महाधिवेशन पक्षधरले तीन महत्वपूर्ण विषयमा आफ्नो अडान छोडेका छैनन्। ती अडानमा प्रधानमन्त्री घोषणा, सभापति शेरबहादुर देउवाले राजनीतिबाट सन्यास लिने र हाइकमाण्ड बनाउने समावेश छन्। अरु सबै माग पूरा भए पनि यी तीन विषयमा सहमति नहुँदा पार्टी जोगाउन मुस्किल पर्ने र सम्भावित विभाजनको अवस्था सिर्जना भएको खड्काले औंल्याए।

 

प्रतिक्रिया