
विशेष महाधिवेशन पक्षधर र संस्थापनपक्षबीच दोस्रो चरणको वार्ता सुरू
काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनको विवाद समाधानका लागि दोस्रो चरणको वार्ता मंगलबार दिउँसो सुरू भएको छ ।
विशेष महाधिवेशन पक्षधरका नेता तथा वार्ता समितिका सदस्य देवराज चालिसेले पत्रकारहरूसँग कुरा गर्दै वार्ता सुरू भएको जानकारी दिएका छन् ।
हालसम्म संस्थापन पक्षका नेता रमेश लेखक भने बैठकमा उपस्थित हुन सकेका छैनन् । बिहान सम्पन्न पहिलो चरणको वार्तापछि दुवै पक्षले आफ्ना नेताहरूलाई ब्रिफिङ गर्न छुट्टिएका थिए ।
महाधिवेशन पक्षधरले नीति र नेतृत्वमा परिवर्तनको अडान लिएको छ भने संस्थापन पक्षले वार्तामार्फत समस्या समाधान गर्दै तोकिएकै मितिमा नियमित महाधिवेशन गर्ने पक्षमा रहेको जनाएको छ ।



कागजपत्र |
