माओवादी छाडेका रहबर अन्सारी रास्वपातिर


काठमाडौं – तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट मधेस प्रदेशसभा सदस्य बनेका रहबर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आबद्ध भएका छन्। माओवादी केन्द्र छाडेका उनी रास्वपामा साधारण सदस्यकै हैसियतमा प्रवेश गरेका हुन् ।

उनले अनलाइन माध्यमबाट रास्वपाको सदस्यता लिएको जनाए । रास्वपाको सदस्यता लिएपछि औपचारिक पार्टी प्रवेशको घोषणा हुन भने बाँकी रहेको उनले बताए ।

माओवादीले राजनीतिक मूल्य मान्यता त्याग्न थालेपछि आफू रास्वपामा आबद्ध भएको उनको भनाई छ । उनले रास्वपामा नयाँहरु भएको र राजनीतिक मूल्यमान्यता पनि रहेको बताए ।

अन्सारीले पुष २४ मा प्रचण्डलाई पत्र लेख्दै पार्टी त्यागेको घोषणा गरेका थिए।

प्रतिक्रिया