सानेपामा जम्मा भए कांग्रेस संस्थापन पक्षका नेता–कार्यकर्ता


काठमाडौं-  नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर चर्किएको विवादबीच संस्थापन पक्षले पार्टी केन्द्रीय कार्यालय सानेपा केन्द्रित शक्ति प्रदर्शन थालेको छ। भृकुटीमण्डपमा कांग्रेसकै अर्को पक्षले विशेष महाधिवेशन गरिरहेका बेला संस्थापन पक्षका तरुण दल र नेविसंघका नेता–कार्यकर्ता सानेपास्थित पार्टी कार्यालयमा जम्मा भएका छन् ।

भृकुटीमण्डपमा आइतबारदेखि उद्घाटन सत्र हुँदै बन्दसत्रसम्मको कार्यक्रमसहित विशेष महाधिवेशन अगाडि बढिरहेका बेला त्यसको काउन्टर दिन संस्थापन पक्षका युवाहरू त्यहाँ जम्मा भएका हुन्।

यसैबीच, दुवै पक्षले गठन गरेको वार्ता समितिबीच निरन्तर छलफल भइरहे पनि हालसम्म ठोस सहमति जुट्न सकेको छैन। वार्ता जारी रहँदा निर्वाचन कार्यक्रमसमेत सार्वजनिक गरिएको छ।

 

 

प्रतिक्रिया