
नबिल बैंकको अध्यक्षमा निर्वाण कुमार चौधरी
काठमाडौं- नबिल बैंकको अध्यक्षमा निर्वाण कुमार चौधरी चयन भएका छन्। आज बसेको बैंकको ६९९औँ सञ्चालक समिति बैठकले चौधरीलाई अध्यक्षमा चयन गरेको हो। नेपाल राष्ट्र बैंकबाट शपथ ग्रहण गरेपछि उनले अध्यक्षको कार्यभार सम्हाल्नेछन्।
निवर्तमान अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले दुई कार्यकाल पूरा गरेपछि अध्यक्ष पद रिक्त रहेको थियो। सोही रिक्त पदमा चौधरी चयन भएका हुन्।
बैंकको ४१औँ वार्षिक साधारणसभाले संस्थापक सेयरधनीतर्फबाट सञ्चालक समितिको सदस्यमा अनिल केशरी शाहलाई निर्विरोध निर्वाचित गरेको छ।



कागजपत्र |
