
जेनजी आन्दोलनको समयमा फरार भएका कैदी ताप्लेजुङमा पक्राउ
ताप्लेजुङ – जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका २७ वर्षीय अमृत मगरलाई ताप्लेजुङ प्रहरीले नियन्त्रणमा लिएको छ। उनी ओखलढुङ्गाको सिद्धीचरण नगरपालिका घर भएका हुन्।
जिल्ला प्रहरी प्रमुख (डिएसपी) बेदप्रसाद गौतमका अनुसार, अमृत मगरलाई जिल्लास्थित एक जलविद्युत परियोजनामा लुकिछिपी बसेको अवस्थामा विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो।
गौतमका अनुसार, अमृतमाथि अदालतले जबरजस्ती करणी उद्योगमा १८ वर्ष कैद सजाय तोकेको थियो। उनी हालसम्म केन्द्रीय कारागारमा १८ महिना कैद भुक्तान गरिसकेका थिए र जेनजी आन्दोलनको समयमा फरार भएका थिए।
प्रहरीले फरार कैदी पक्राउ गरिसक्दा सुरक्षा र कानूनको प्रत्याभूति बढेको र फरार व्यक्तिहरूलाई नियन्त्रणमा लिन निरन्तर प्रयास भइरहेको जनाएको छ।



कागजपत्र |
