
तस्करले गरे बन्चरोले हानेर वनरक्षकको हत्या
काठमाडौं – सर्लाहीको सागरनाथ वन विकास परियोजनामा कार्यरत वन संरक्षक रामेश्वर महतोको वन तस्करहरुले हत्या गरेका छन् ।
शनिबार बिहान ५ बजे नै जंगलमा रुख काटिएको आवाज आएपछि महतो साइकल लिएर घटनास्थलमा निस्किएका थिए । त्यसपछि उनी सम्पर्कविहीन भएका थिए ।
शनिबार दिनभर परियोजनाका कर्मचारी तथा सशस्त्र प्रहरी सागरनाथ बेसको संयुक्त टोलीद्वारा खोजी हुँदा गाउँबाट करिब २ सय मिटर भित्र, झाडीमा बन्चरोले घाँटी छिनाइ बीभत्स रूपमा हत्या गरेर फालिएको अवस्थामा महतोको शव भेटिएको हो ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । वन कर्मचारीहरुले भने साहसिक काम गर्दा वीरगति प्राप्त गरेको भन्दै महतोलाई श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।



कागजपत्र |
