पूर्वराष्ट्रपति भण्डारी सर्वोच्चमा


काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार सर्वोच्च अदालत पुगेकी छन्।

उनले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा जलाइएको अदालतको संरचना अवलोकन गरेकी छन्। अवलोकनको क्रममा उनले क्षतिको विवरण र पुनर्निर्माणको अवस्था बारे कर्मचारी र न्यायाधीशहरूसँग जानकारी लिएकी बताइन्छ।

पूर्वराष्ट्रपति भण्डारी र प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतबीच करिब एक घण्टा लामो संवाद भएको थियो। दुवै पक्षका सचिवालयका सदस्यहरूलाई बाहिर राखेर भएको संवादका विषयवस्तु सार्वजनिक गरिएको छैन।

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसले भदौ २७ गते विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने माग राख्दै आएका छन्। ओलीले बिहीबार एमाले प्रवास कमिटीका नेताहरूसँगको सम्बोधनमा विघटनको ढिलाइप्रति असन्तोष प्रकट गरेका थिए।

 

 

प्रतिक्रिया