सेनाका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह


काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले बढुवा भएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

प्रधानसेनापति सिग्देलले उपरथीमा बढुवा भएका पाइलट सहायक रथी रामसुन्दर बोहोरा, सहायक रथी भुवन खत्री र प्राविधिक सहायक रथी धर्मेन्द्र कुमार झालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

त्यसका साथै प्रधानसेनापति सिग्देलले सहायक रथीमा बढुवा भएका १ जना महासेनानी र महासेनानीमा बढुवा भएका ५ जना प्रमुख सेनानीहरुलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

प्रतिक्रिया