रमेश लेखकमाथि लगाइएको प्रतिबन्ध फुकुवा


काठमाडौं – भाद्र २३–२४ को घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्व गृहमन्त्री रमेश लेखकमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ।

आयोगको सचिवालयले गृह मन्त्रालयलाई पठाएको पत्रमार्फत जानकारी दिँदै भनेको छ कि अनुसन्धानका लागि लिइएको पूर्व निर्णयअनुसारको काम सम्पन्न भइसकेको भएकाले लेखकको विदेश भ्रमणमा लगाइएको रोक्का फुकुवा गरिएको हो।

यसअघि लेखकलाई विदेश भ्रमण तथा काठमाडौं उपत्यका नछाड्ने गरी प्रतिबन्ध लगाइएको थियो। आयोगले आफ्नो बैठकमा अनुसन्धान दायरामा रहेकाले पूर्व गृहमन्त्री लेखकको विदेश भ्रमण र उपत्यका बाहिर जान नदिने निर्णय गरेको थियो।

फुकुवा निर्णय सम्बन्धी जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय र स्वयं रमेश लेखकलाई पठाइएको छ।

प्रतिक्रिया