तस्करी नियन्त्रणका क्रममा सशस्त्रको गोली लागि सुनसरीमा एक जनाको मृत्यु


विराटनगर — तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बल (एपीएफ)को टोलीले चलाएको गोली लागि सुनसरीमा एकजनाको मृत्यु भएको छ ।

सुनसरीको कोशी गाउँपालिका–१ मा खटिएको सशस्त्रले चलाएको गोली लागेर बुधबार राती करिब १ बजे स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक साह सोही वडाका स्थायी बासिन्दा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्रबहादुर खड्काले जानकारी दिए ।

साहले आफ्नै सिटी सफारीमा ८–१० बोरा चिनी लोड गरेर भारतबाट नेपालतर्फ ल्याउँदै थिए । सिटी चलाइरहेको अवस्थामा उनीमाथि गोली प्रहार भएको हो ।

साहको मृत्युपछि स्थानीयले शव उठाउन दिएका छैनन् । घटनास्थलमा प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया