रास्वपाको समानुपातिक बन्द सूची सच्याइने


काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा पेस गरेको समानुपातिक उम्मेदवारको बन्द सूची सच्याउने निर्णय गरेको छ ।

पार्टी सचिवालयले बुधबार एक सूचना जारी गर्दै बन्द सूचीप्रति विभिन्न सरोकारवाला पक्षबाट प्राप्त सुझाव तथा प्रतिक्रियालाई मध्यनजर गर्दै सूचीमा देखिएका त्रुटि सच्याइने जनाएको हो ।

निर्वाचन आयोगमा बुझाइएको समानुपातिक बन्द सूचीलाई लिएर पार्टीभित्र र बाहिर असन्तुष्टि बढ्दै गएपछि रास्वपाले सूची पुनरावलोकन गरी सुधार गर्ने तयारी गरेको हो ।

 

May be an image of text

प्रतिक्रिया