
एकै दिन झण्डै ८ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं – निरन्तर नयाँ रेकर्ड बनाइरहेको सुनचाँदीको भाउमा आज भारी गिरावट आएको छ। आज सुन तोलामा ७ हजार ९०० रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, मंगलबार चाँदी तोलामा ३०५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ५९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
सोमबार प्रतितोला चाँदी ४ हजार ८९५ रुपैयाँमा खरिदबिक्री भएको थियो। जुन हालसम्मकै उच्च मूल्य हो।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।



कागजपत्र |
