निर्वाचन प्रक्रिया बन्द गर्न माग गर्दै निर्वाचन आयोग परिसरमै नाराबाजी


काठमाडौं- निर्वाचन प्रक्रिया तत्काल बन्द गर्न माग गर्दै निर्वाचन आयोग परिसरभित्र नाराबाजी भएको छ ।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्द सूची पेस गरिरहेका बेला आयोगभित्र केही युवाहरूले विरोध प्रदर्शन गरेका हुन् ।

निर्वाचन प्रक्रियाविरुद्ध नाराबाजी गर्दै उनीहरूले “जेनजीका माग पूरा गर”, “निर्वाचन धोका हो” र “हत्यारालाई कारबाही गर” लगायतका नारा लगाएका थिए ।

अचानक नाराबाजी भएपछि सुरक्षाकर्मीहरू सक्रिय बनेका थिए । उनीहरूले प्रदर्शनमा संलग्न युवाहरूलाई निर्वाचन आयोग परिसरबाट बाहिर निकालेका छन् ।

घटनापछि आयोग परिसरको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।

प्रतिक्रिया