समानुपातिकमा सबै नयाँ अनुहार पठाउँदै नेकपा


काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभा या राष्ट्रिय सभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका कसैलाई पनि समानुपातिक सूचिमा नराख्ने निर्णय गरेको छ।

पार्टी शीर्ष नेतृत्वबीच सहमति भए अनुसार यसअघि प्रत्यक्ष वा समानुपातिकबाट निर्वाचित भएकाहरूलाई सिफारिस गरिने छैन।

आज समानुपातिकको बन्दसूचि बुझाउने अन्तिम दिन सिफारिस सूचि तयार गर्दा सबै नयाँ अनुहार पठाउने निर्णय गरेको जनाइएको छ ।

प्रतिक्रिया