
कार्यकाल सकिएपछि उपसभामुखले दुइटै गाडीको साँचाे हस्तान्तरण गरिन्
काठमाडौं- उपसभामुख इन्दिरा रानामगरले आफ्नो कार्यकाल सकिएसँगै संसद सचिवालयलाई गाडी फिर्ता गरेकी छन्। आइतबार उनले आफूले चढ्दै आएका गाडी सचिवालयका कर्मचारीलाई बुझाएकी हुन्।
उपसभामुख रानाले दुइटै गाडीको साँचाे पनि संसद सचिवालयमा हस्तान्तरण गरेपछि ट्याक्सी चढेर सिंहदरबारबाट निस्किएकी थिइन्।
संविधानअनुसार उम्मेदवार दाखिला अघिल्लो दिनसम्म सभामुख र उपसभामुखको कार्यकाल रहने व्यवस्था छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार बन्दसूची बुझाएपछि मात्रै मनोनयन दाखिला मानिने व्यवस्था छ।
निर्वाचन आयोगका अनुसार आइतबारदेखि समानुपातिक बन्दसूची बुझाउने प्रक्रिया सुरु भएको छ। भोलिसम्म उम्मेदवारहरुले बन्दसूची बुझाउन सक्नेछन्।



कागजपत्र |
