धनमायालाई धनको लोभ लागेपछि…


पाँचथर – पाँचथरको याङवरक–६ की धनमाया सेलिङले आफ्नै छिमेकी विष्णुमाया रसाइलीको गहना लुटेकी छिन् ।

शनिबार दिउँसो धनमायाले विष्णुमायालाई ‘जंगलमा कालिजको बच्चा भेटियो समात्न आउनू’ भन्दै बोलाएर बेहोस बनाइ गहना लुटेर भागेको प्रहरीले जनाएको छ ।

विष्णुमायालाई कुटपिट गरेर बेहोस बनाएपछि २ वटा कानको माडवारी, बुलाकी र फुली गरी डेढ तोलाभन्दा धेरै सुनका गहना लुटेर धनमाया फरार भएको जनाइएको छ ।

प्रहरीले उनको खोजी गरिरहेको छ ।

प्रतिक्रिया